मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ६ आइतबार
  • Sunday, 19 January, 2025
२o८१ माघ ६ आइतबार o७:१३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एपिएफ र सुदूरपश्चिम सेमिफाइनलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ६ आइतबार o७:१३:oo

सशस्त्र प्रहरी बलको एपिएफ क्लब र सुदूरपश्चिम प्रदेश धनगढीमा जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा स्थान सुरक्षित गरेका छन् । चार खेलबाट अपराजित यात्रा कायम राख्दै एपिएफ सात अंकसहित शीर्ष स्थानमा छ । चारमध्ये तीन खेलमा जित र एकमा हार व्यहोरेको सुदूरपश्चिम ६ अंकसहित उपविजेता बन्यो ।

समूह ‘ए’मा रहेका लुम्बिनी, गण्डकी र कर्णाली प्रदेश भने हारसँगै प्रतियोगिताबाट बाहिरिएका छन् । गण्डकी र कर्णाली प्रदेशले एउटा खेल पनि जित्न सकेनन् । लुम्बिनी प्रदेश दुई खेलमा विजयी भयो । तीनवटै टोलीको एक–एक खेल भने वर्षाका कारण रद्द भएको थियो । समूह चरणमा लुम्बिनीले पाँच तथा कर्णाली र गण्डकीले समान एक अंक जोडे ।

शनिबार भएको पहिलो खेलमा एपिएफले आफ्नो अपराजित यात्रा कायम राख्दै सुदूरपश्चिमको अपराजित यात्रामा पूर्णविराम लगायो । एपिएफले सुदूरपश्चिमलाई ५९ रनले हराएको हो । एपिएफले दिएको एक सय २६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम निर्धारित १८ ओभरको ६ विकेट गुमाउँदा मात्र ६७ रन बनायो । सुदूरपश्चिमका लागि कविता कुँवरले सर्वाधिक २९ रन बनाइन् । एपिएफकी इन्दु बर्मा र कविता जोशीले समान दुई तथा सबनम राइले एक विकेट लिइन् । 

खराब मौसमका कारण १८ ओभरमा छोट्याइएको खेलमा एपिएफले २ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । एपिएफका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेलिन् । उनले ५८ रन बनाएकी हुन् । त्यस्तै, ममता चौधरीले ३६ र कविता जोशीले १३ बनाइन् । सुदूरपश्चिमकी जानकी थापाले एक विकेट लिइन् ।