सिराहामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। गोलबजार नगरपालिका–६ का मनोजकुमार सिंहको घरमा प्लास्टरको काम गर्दै आएका गोलबजार– १ का २६ वर्षीय गोपाल पूर्वेको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्लास्टर गर्न आज बिहान बाँस ठड्याउने क्रममा विद्युतको नांगाे तारमा ठोक्किएर करेन्ट लाग्दा पूर्वेको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गर्न पुर्याएपछि स्वास्थ्यकर्मीले मृत घोषणा गरेका हुन्। शव पोस्टमार्टमका लागि लाहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।