१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १ बुधबार
  • Saturday, 28 September, 2024
२o७९ असार १ बुधबार १८:२५:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

जिसस काभ्रेमा गठबन्धनको प्यानलै विजयी, प्रमुखमा एकीकृत समाजवादीका गौतम निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १ बुधबार १८:२५:oo

जिल्ला समन्वय समिति (जिसस)काभ्रेमा सत्तारुढ गठबन्धनको प्यानलै विजयी भएको छ । जिसस काभ्रेको प्रमुखमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका दीपक गौतम विजयी भएका छन् । उनले एमालेका उम्मेदवार कमला भट्टराईलाई पराजित गरेका हुन् । 
बुधबार भएको निर्वाचनमा २२ मतसहित गौतम प्रमुखमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी भट्टराईले ४ मत प्राप्त गरेकी छिन् । 
जिल्लामा जम्मा २६ मतदाता रहेका थिए । गौतम चौरीदेउराी गाउँपालिका–४ मा वडा सदस्यमा निर्वाचित भएका थिए भने भट्टराई धुलिखेल नगरपालिका–४ मा महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

जिसस उपप्रमुखमा गठबन्धनका उम्मेदवार कांग्रेसका रिमबहादुर तामाङ विजयी भएका छन् । एमालेका उम्मेदवार राजेन्द्र केसीलाई पराजित गर्दै २२ मतका साथ उनी विजयी भएका हुन् । तामाङ रोसी गाउँपालिका– १२ मा वडा सदस्यमा निर्वाचित भएका थिए भने एमालेका उम्मेदवार केसी पनौती नगरपालिका– ८ मा वडा सदस्यमा निर्वाचित भएका थिए ।
सदस्यहरूमा चण्डिका मिजार, निरबहादुर लामा, मंगलबहादुर लामा, अप्सरा सिपखान, कमलराज गिरी, रस्मिता भण्डारी र कृष्णकुमारी राई निर्वाचित भएका छन् । प्रमुख–उपप्रमुखसहित ७ जना सदस्यहरू गठबन्धनबाट निर्वाचित भएका छन् । उनीहरू सबैले २२–२२ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारहरूले ४–४ मत प्राप्त गरेका थिए ।
गठबन्धनको सम्झौताअनुसार नै निर्वाचनमा भाग लिएका हुन् । पालिका निर्वाचन अगाडि नै भएको सम्झौताअनुसार गठबन्धनले उम्मेदवार तय गरेका हुन् । गठबन्धनमा एकीकृत समाजवादीलाई प्रमुख, कांग्रेसलाई उपप्रमुख र ४ सदस्य र माओवादी केन्द्रले ३ सदस्य लिएका थिए । उनीहरू सबै निर्वाचित भएका हुन् ।