मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १ बुधबार १५:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाहिरी चक्रपथ निर्माणको काम अगाडि बढाउन समस्या छ : मन्त्री झाँक्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १ बुधबार १५:२९:००

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बाहिरी चक्रपथ निर्माण कार्यका लागि अहिले कुनै पनि काम हुन नसकेको बताएकी छिन् । बुधबार प्रतिनिधिसभाको बैठकमा आगामी वर्षको विनियोजित बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । 

उनले अहिले बनाउने भनिएको ठाउँमा बाहिरी चक्रपथ बन्ने हो कि होइन भन्नेमा अन्योल रहेको पनि बताइन । झाँक्रीले चोभारदेखि सतुंगलसम्मको ६ किलोमिटरमा धेरै ठाँउमा सरकारी भवन बनेको पनि बताइन ।बाहिरी चक्रपथ बनाउने क्षेत्रमा अत्यधिक जग्गाको कित्ताकाट भएको भन्दै झाँक्रीले त्यसको पुनः अध्ययन आवश्यक देखिएको बताइन् ।
 
झाँक्रीले  काठमाडौं उपत्यकामा चारवटा स्याटलाइट सिटी बन्ने भने पनि बन्न नसकेको स्वीकार गरिन् । उनले अघिल्लो सरकारले धेरै गफ गरे पनि काम भने नगरेको जिकिर गरिन् । 

उनले भनिन, ‘बाहिरी चक्रपथबारे हामीले धेरै कुरा गर्‍याैँ । तर, बाहिरी चक्रपथको प्रक्रिया केही पनि अगाडि बढेको छैन । जुन ठाउँमा बाहिरी चक्रपथ बन्ने भनिएको थियो, त्यो ठाउँबाट बाहिरीचक्रपथ बन्छ कि बन्दैन भन्ने नै टुंगो छैन । चोभारको सुक्खा बन्दरगाहबाट सतुंगलसम्मको ६ किलोमिटर बाटोमा जहाँ बाहिरी चक्रपथ भनेर सर्भे गरिएको थियो, त्यो कैयौँ ठाउँमा सरकारी भवन बनेका छन् । यदि ६ किलोमिटरमा राज्यले मुआब्जा दिने हो भने करिब साढे तीन अर्ब मुआब्जा दिने अवस्था छ । सबै ठाउँमा जग्गाको कित्ताकाट अत्यधिक भएकाले त्यसबारे पुनः अध्ययनको खाँचो देखिएको छ ।’

झाँक्रीले युटिलिटी करिडोरको कानुन संसदमा ल्याउने तयारी रहेको पनि बताइन् । उनले उक्त कानुन बनेमा सडक बन्ने र खन्ने क्रम तत्काल रोकिने बताइन् । 

झाँक्रीले नगर विकास कोषलाई छुट्टै २० अर्बको पुँजी भएको वित्तीय निगम बनाएर नगर विकासको काम गर्ने ऐन ल्याउन लागेको पनि बताइन् ।