मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ३ बुधबार
  • Wednesday, 18 December, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२o८१ पौष ३ बुधबार १o:४४:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जयकिशन र बासिस्टोको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य 

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ३ बुधबार १o:४४:oo

जयकिशन कोस्लावाला र विलियम बासिस्टोको अर्धशतक प्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल)को इलिमिनेटरमा चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनाएको हो ।

कर्णालीका लागि जयकिशनले ५३ तथा बासिस्टोले ५२ रन बनाए । चाडविक वाल्टनको नाममा ४६ रन रह्यो । अन्तिम बलमा चौका प्रहार गर्न नसक्दा वाल्टन पहिलो आफ्नो अर्धशतक बनाउनबाट चुकेका छन् । वाल्टनले २३ बलमा चार चौका र तीन छक्कासहित ४६ रन बनाएका हुन् ।

ओपनर जयकिशले ३९ बलमा ६ चौका र दुई छक्कासहित सर्वाधिक ५३ रन बनाए । जयकिशनले ३६ बलमा ६ चौका र दुई छक्कासहित ५० रन बनाएका हुन् । उनले ११.३ ओभरमा अर्धशतक बनाउँदा कर्णालीले दुई विकेट गुमाएर  ८६ रन बनाएको थियो ।

तेस्रो विकेटका लागि जयकिशनले विलियम बासिस्टोसँग ५९ रनको साझेदारी पनि गरेका छन् । ४.६ ओभरमा कर्णालीले ३५ रन बनाउँदा दोस्रो विकेटको रूपमा जिसन मक्सुद आउट भएका थिए । 

बासिस्टोले ३९ बलमा तीन चौका र दुई छक्का बनाए । उनले सोहल तनविरबाट बोल्ट हुनुअघि बासिस्टोले ३७ बलमा अर्धशतक बनाए । ३१ वर्षीय अस्ट्रेलियन खेलाडीले विराटनगर किंग्सविरुद्ध पनि ६६ रन बनाए । 

यसअघि भारतीय चर्चित खेलाडी शिखर धवनले कर्णाली याक्सका लागि चार खेल खेलेर घर फर्किएका थिए । उनको स्थानमा जयकिशनलाई कर्णाली याक्सले मंगलबार राति मात्रै टिममा समावेश गरेको हो ।

एनपिएलमा पहिलो खेल खेलेका भारतीय जयकिशन कोस्लावालालाई कर्णालीले ऋत गौतमसँगै ओपनिङमा पठाएको थियो । ३५ वर्षीय गुजराती खेलाडीले यसअघि सन् २०१८ मा ललितपुर प्याट्रिओट्सका लागि इपिएल उपाधि जिताएका थिए । फाइनलमा ५७ रन बनाएका थिए । एनपिएलमा बनेको यो २३औँ अर्धशतक हो । यसअघि लिग चरणमा एक शतकसहित २२ अर्धशतक बनेका थिए ।

कर्णालीका २३ वर्षीय ओपनर ऋत गौतम दोस्रो खेलमा पनि गोल्डेन डकआउट भए । यसअघि पहिलोपटक सुदूरपश्चिमविरुद्ध पनि उनी गोल्डेन डकआउट भएका थिए । 

तेस्रो नम्बर क्रिजमा आएका जिसन मक्सुदले १२ बलमा समान एक चौका र एक छक्कासहित १४ रनको योगदान गरे । उनलाई शरद भेषवाकरले रञ्जित कुमारलाट क्याचआउट गराएका हुन् । 

आशा गरिएका गुल्सन झा तीन बल खेलेर डकआउट भए। तीन रन बनाएका देव खनाल पनि रनआउट भए । चितवनका लागि सोहेल तनविरले दुई तथा शरद भेषवाकर, रवि बोपरा र कुशल मल्लले समान एक विकेट हात पारे । लिग चरणमा कर्णाली याक्सले चितवनलाई ६ विकेटले हराएको थियो ।