मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ३ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ३ बुधबार १३:१२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

विद्युत् प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ३ बुधबार १३:१२:oo

नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा रु. नौ अर्ब ११ करोड ३२ लाखबराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालू आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानीसमेत कुल आम्दानी रु. ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै रु. ३२ अर्ब ६९ करोड ३६ लाखबराबरको खर्च भएको छ ।

सो अवधिमा प्राधिकरणले रु. ३२ अर्ब ६९ करोड ३६ लाखबराबरको सञ्चालन सम्भार खर्च गरेको छ । यस्तै, विभिन्न वितरण केन्द्रको विद्युत् बिक्री रकम रु. २८ अर्ब ९५ करोड आठ लाख ९८ हजार रहेकोमा रु. २६ अर्ब ७७ करोड ६६ लाख ५७ हजार रहेको छ ।

प्राधिकरणले आफ्ना र सहायक कम्पनीबाट रु. ८७ करोड ५२ लाख र अन्य निजी उत्पादक कम्पनीबाट तीन अर्ब २२ करोड ९५ लाख गरी जम्मा चार अर्ब १० करोड ४७ लाख युनिट खरिद गरेको छ । त्यसका लागि रु. २१ अर्ब नौ करोड १७ लाखबराबरको भुक्तानी गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

गत साउनदेखि असोज मसान्तसम्म भारतबाट बिजुली आयात गरिएको छैन । असोजको दोस्रो साताको बाढीका कारण अपेक्षित निर्यात हुन नसके पनि सो अवधिमा आयात भने गर्नु नपरेको प्राधिकरणको भनाइ छ। सो अवधिमा प्राधिकरणले भारततर्फ एक अर्ब ४० करोड ६१ लाख युनिट बिजुली निर्यात गरी रु. १० अर्ब ८८ करोड ८७ बराबरको आम्दानी गरेको छ ।

नेपाल सरकार र वैदेशिक सहयोग एवं लगानीमार्फत रु. १६ अर्ब ९३ करोड ९१ लाख २७ हजारबराबर खर्च भएको छ। विभिन्न आयोजना र विद्युतीकरणका लागि सो रकम खर्च गरिएको हो । त्यसका लागि रु. १० अर्ब ८८ करोड ३८ लाख १० हजारबराबरको रकम प्राधिकरण आफैँले खर्च गरेको छ । त्यस्ते, वैदेशिक भुक्तानीतर्फ रु. ६ अर्ब पाँच करोड ५३ लाख १७ करोडबराबर रहेको छ ।