१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ३१ मंगलबार
  • Saturday, 28 September, 2024
२o७९ जेठ ३१ मंगलबार o६:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ३१ मंगलबार o६:४९:oo

पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सञ्चालन भएको छ । गएराति १२:४५ बजे चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । अहिले बिहान पहिरो पन्छाई दुईतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।     

चार दिनपछि आँबुखैरेनी सडक दुईतर्फी    

फाइल तस्बिर

भासिएको चार दिनपछि पृथ्वीराजमार्गको तनहुँस्थित आँबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका– ४ पावरहाउसनजिकको सडक सोमबार साँझबाट दुईतर्फी सञ्चालनमा आएको हो ।  

शुक्रबार सडक भासिँदा एकतर्फी मात्रै सवारी सञ्चालन हुँदै आएको थियो । शुक्रबार र शनिबार भने राति ७ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । आइतबारबाट भने रातिमा पनि सवारी सञ्चालन गरिएको छ ।  

साढे दुई मिटर भित्ता काटिएकाले दुईतर्फी सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ । पहिला सडक भासिएर बाँकी रहेको तीन मिटर र हाल पहरो काटेर साढे दुई मिटर गरी साढे पाँच मिटर बाटो बनेको छ । दुईतर्फी यातायात सञ्चालन भए पनि जोखिम भने कायमै रहेको जनाइएको छ । यात्रुवाहक सवारीसाधनलाई दुईतर्फी सञ्चालन गरिए पनि मालबाहक सवारीसाधनलाई भने एकतर्फी मात्रै सञ्चालनको व्यवस्था मिलाइएको छ ।