मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २९ आइतबार २०:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

युवा र गरिबीलक्षित कार्यक्रम एकीकृत बनाउन युवा तथा खेलकुदमन्त्रीको सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २९ आइतबार २०:५९:००

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवा र गरिबीका क्षेत्रका काम गर्ने निकायहरू धेरै हुँदा प्रभावकारी काम नभएकोले अब एकीकृत गर्नुपर्ने बताएका छन् । राष्ट्रिय युवा परिषद् र शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले आयोजना गरेको युवा नीतिसम्बन्धी परामर्श गोष्ठीमा मन्त्री गहतराजले युवा स्वरोजगार कोष, गरिबी निवारण कोष, गरिबसँग विश्वेश्वरलगायतका १४ वटा कार्यक्रम उस्तै प्रकृतिका रहेको र ती कार्यक्रम फरक-फरक मन्त्रालयबाट सञ्चालन भइरहेको बताए । एउटै प्रकृतिका कार्यक्रममा रकम छर्नेभन्दा एकीकृत बनाउनुपर्ने उनको भनाइ छ ।
 
बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्न ढकालले युवाका नाममा तालिम दिने संस्था धेरै भएको र तालिम लिएकाहरू रोजगार वा स्वरोजगार छन् कि छैनन् भन्ने खोजी नभएको बताए । उनले कार्यक्रम मात्र होइन कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने बाटोसहितका सुझावहरू आएमा उपयुक्त हुने बताए । कतिपय केन्द्र र प्रदेशका नीति तथा कार्यक्रम बाझिएको बताए । 

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले यस वर्ष युवालाई लक्षित गरी केही नयाँ कार्यक्रम आएको बताए । निर्वाचनका वेला ४० दिने म्यादी प्रहरीको जागिर खाएका युवालाई लक्षित गरी कार्यक्रम सञ्चालन हुने बताए । कार्यक्रममा युवाहरूले नयाँ नीतिमा समेट्नुपर्ने विषयमा सुझाव दिएका थिए ।