मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फाइल तस्बिर
२०७९ जेठ २९ आइतबार १९:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङ प्रहरीद्वारा नगदसहित सात जुवाडे पक्राउ

Read Time : < 1 मिनेट
२०७९ जेठ २९ आइतबार १९:३९:००

लमजुङ प्रहरीले सदरमुकाम बेँसीसहरबाट ४४ हजार ७ सय ७०  रुपैयाँ नगदसहित सात जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले शनिबार दिउँसो २ बजे बेँसीसहर ७ पुरानो बैंकचोकस्थित बुद्धिकुमार श्रेष्ठको घरमा जुवातास खेल्दै गरेका सातजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेँसीसहर नगरपालिकाका- ३ जना, मर्स्याङदी गाउँपालिकाका - २ जना, दोर्दी गाउँपालिकाको १ जना र नवलपरासी जिल्लाका १ जना रहेका छन् ।  

प्रहरीले उनीहरूको साथबाट  १६० पत्ती तास र नगद ४४ हजार ७ सय ७० रुपैयाँ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर जगदीश रेग्मीले बताए । उनका अनुसार आइतबार सार्वजनिक बिदा परेका कारण उनीहरूलाई सोमबार जिल्ला प्रशासन कार्यालय लमजुङमा म्याद थप गरी अनुसन्धान गरिनेछ  । 

लमजुङ प्रहरीले चालू आव ०७८/७९ मा जुवातास खेल्ले खेलाउने ८० जना पुरुष र १ महिलालाई नगद ८ लाख ६५ हजार दुई सय रकम बरामद गरी कानुनको दायरामा ल्याएको छ ।