१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २९ आइतबार
  • Monday, 01 July, 2024
२o७९ जेठ २९ आइतबार १८:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

उदयपुरमा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र सचिव पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २९ आइतबार १८:४७:oo

उदयपुरमा अवैध रूपमा अनुमतिभन्दा बढी रुख कटान गरेको आरोपमा एक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष र सचिव पक्राउ परेका छन् । कटारी नगरपालिका–५ मा रहेको सुगाजोर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीमबहादुर कार्की र सचिव टीकाराम राईलाई पक्राउ गरेको डिभिजन वन कार्यालय, उदयपुर (त्रिवेणी) कटारीका प्रमुख डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरेले जानकारी दिए । 

घिमिरेका अनुसार वन कार्यालयले सखुवा २२ वटा, साज २ र सिसौ जातको रुख ८ गरी जम्मा ३२ वटा रुख काट्न अनुमति दिएको थियो । तर, अध्यक्ष र सचिवले त्यही मौकामा ठूला रुख १३ वटा र अन्य साना ७ वटा कटान गरेकाले पक्राउ गरेर अनुसन्धान सुरु गरेको घिमिरेको भनाइ छ ।

उनले भने, ‘काठको परिमाण ठ्याक्कै याद छैन । अनुसन्धान जारी छ ।’ पक्राउ परेका अध्यक्ष र सचिवको प्रारम्भिक बयानअनुसार उपभोक्तालाई काठ अपुग हुने भएपछि कटान गरेको बताएका छन् ।

ad
ad
ad
ad