१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ जेठ २९ आइतबार १७:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिसस रोल्पामा माओवादी केन्द्र एकल विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ २९ आइतबार १७:०६:००

जिल्ला समन्वय समिति रोल्पामा नेकपा (माओवादी केन्द्र)ले जित हासिल गरेको छ । प्रमुखसहित सबै सदस्यमा माओवादी केन्द्रको एकल उम्मेदवारी परे पनि उपप्रमुखमा माओवादीका कर्मलाल परियार र नेपाली कांग्रेसका टेकबहादुर बस्नेतको उम्मेदवारी परेको थियो।

१० स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २० मतदाता रहेकोमा १९ मत मात्र खसेको मुख्य निर्वाचन अधिकृत दिलीपराज पन्तले जानकारी दिए। जसमध्ये हँसिया हथौंथामा १३ र रुखमा ५ मत खस्दा एक मत बदर भएको छ। रोल्पामा माओवादीको १४, कांग्रेसको ५ र एमालेको १ मत रहेको थियो।  नेकपा एमालेबाट निर्वाचित त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठाले मतदान नगरेको बताइएको छ। एमालेको उम्मेदवार नभएकाले पनि मतदान नगरेको बुझिएको छ।

जिल्ला समन्वय समिति रोल्पाको प्रमुखमा रोल्पा नगरपालिकाकी सीता आचार्य निर्विरोध निर्वाचित भएकी छिन्। सदस्यहरूमा सुनीलस्मृति गाउँपालिकाबाट सुरज माइला, त्रिवेणी गाउँपालिकाबाट केवल घर्ती, लुंग्री गाउँपालिकाबाट मीना सुनार, थबाङ गाउँपालिकाबाट जितकुमारी विक, रोल्पा नगरपालिकाबाट निलम सुनार, माडी गाउँपालिकाबाट शेरबहादुर पुन र माडी गाउँपालिकाबाटै शर्मिला पुनमगर निर्विरोध निर्वाचित भएका छन्।