मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ २९ आइतबार
  • Friday, 11 July, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २९ आइतबार १३:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी पास गरेकै कारण नेपालमा आर्थिक संकट बढ्याे : सांसद सुवाल (भिडियाेसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २९ आइतबार १३:२९:oo

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदबाट एमसिसी सम्झौता पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढेको दाबी गरेका छन्। सांसद सुवालले सो सम्झौता संसदबाट पारित गरेपछि नेपालमा महँगीसमेत बढेको बताए।

आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथिको खर्च कटौती प्रस्ताव पेस गर्दै उनले अमेरिकी सरकारले देउवा सरकारलाई रुसको विरुद्धमा संयुक्त राष्ट्र संघमा मतदान गराएपछि नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य बढेको तर्क गरे। सो विषयमा तटस्थ बसेको भारतले अहिले पनि अन्तर्राष्ट्रिय बजार मूल्यको एकतिहाइ मूल्यमा पेट्रोलियम पदार्थ र एलपी ग्यास पाए पनि नेपालले रुसको विरुद्धमा मतदान गरेकाले महँगोमा आयात गर्नु परेको उनको भनाइ थियो।

‘पाँचदलीय गठबन्धन सरकारले एमसिसी सम्झौता संसदबाट जबर्जस्ती पारित गरेपछि नेपालको आर्थिक संकट बढ्यो। सर्वसाधारण जनता महँगीको मारमा परे। एमसिसी सम्झौता पास गरेकै कारण महँगी बढेको हो,’ सुवालले भने, ‘अमेरिकी साम्राज्यवादले देउवा सरकारलाई संयुक्त राष्ट्र संघमा रुसको विपक्षमा मतदान गरायो। यसैकारण महँगी बढेको हो।’

सांसद सुवालले प्रधानमन्त्री शेरबहादुर देउवाको कूटनीतिक असफलताका कारण नेपालमा पट्रोलियम र ग्यासको मूल्य वृद्धि भएको पटकपटक दोहोर्‍याए।