१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २८ शनिबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २८ शनिबार १६:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उपभोक्ता हितसम्बन्धी कानुन लागू गर्न सक्दो प्रयास गर्छु : महान्यायाधिवक्ता खाती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २८ शनिबार १६:o९:oo

महान्यायाधिवक्ता खम्मबहादुर खातीले आमउपभोक्ताको हितका लागि आवश्यक कानुन कार्यान्वयन गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाली उपभोक्ता संरक्षण महासंघ, बागमती प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

महान्याधिवक्ता खातीले आमउपभोक्तामाथि बदमासी गर्नेहरूको तथ्य बाहिर ल्याउन सञ्चारमाध्यामहरूलाई आग्रहसमेत गरेका छन्। सञ्चारमाध्यामहरूले उपभोक्ता हितविपरीतका काम गर्नेहरूलाई बाहिर ल्याउन सके उनीहरूमाथि कारबाही गर्न सरकारलाई सहज हुने उनको भनाइ थियो।

आमउपभोक्ताको हितलाई संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको उल्लेख गर्दै उनले त्यसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

‘आम उपभोक्तालाई सचेत गराउने कार्यमा गाउँगाउँमा सचेत गराउने काम गर्न आवश्यक छ। मिडियाहरूले पनि तथ्यपरक ढंगले उपभोक्तामाथि बदमासी गर्नेहरूको पहिचान गर्न म आग्रह गर्दछु। उपभोक्तामाथि बदमासी गर्नेहरूलाई कारबाही हुने कानुन लागू गर्न म सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

ad
ad
ad
ad