१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २८ शनिबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २८ शनिबार ११:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्वतारोहण संघको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २८ शनिबार ११:५o:oo

नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका छन्। गए राति सम्पन्न अन्तिम मतपरिणामअनुसार शेर्पा ७३५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १२२ मत ल्याएका थिए।

संघको उपाध्यक्षमा ठाकुरराज पाण्डे ४२८ मत ल्याएर निर्वाचित भएका छन्। उपाध्यक्षका अर्का प्रतिस्पर्धी माया शेर्पाले ४२३ मत ल्याएकी छिन्। प्रथम उपाध्यक्षमा आङ दावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावा जाङ्बु शेर्पा निर्वाचित भएका छन् ।

यसैगरी, महासचिवमा मोहन लम्साल ४८९ मतका साथ विजयी भएका छन् । महासचिवका अर्का प्रत्यासी आङ पेम्बा शेर्पाले ३२३ मत प्राप्त गरेका छन्। सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचित भएका छन्।

यस्तै, सदस्यमा आङदावा शेर्पा, हिसखद गुरुङ, सिंगी लामा, पीताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नम्ग्याल जाङ्बु शेर्पा, पासाङदावा शेर्पा र दिनेश तामाङ निर्वाचित भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि शुक्रबार प्रज्ञा भवनमा बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो। संघको दुई हजार ४९ सदस्यमध्ये नवीकरण भएका कुल एक हजार २१५ मतदाता रहेका थिए। अध्यक्षसहित पदाधिकारी र सदस्य गरी २७ सदस्यीय कार्यसमितिका लागि निर्वाचन भएको संघले जनाएको छ। रासस