१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २७ शुक्रबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ २७ शुक्रबार o७:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं महानगर र बन्चरेडाँडाका स्थानीयबीच १८ बुँदे सहमति, आजदेखि फोहोर उठ्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ २७ शुक्रबार o७:३९:oo

अब काठमाडौं महानगरको फोहोर रातिमा मात्रै उठाउने गरी सहमति 

काठमाडौं महानगरको फोहोर व्यवस्थापनबारे गएराति काठमाडौं महानगर र बन्चरेडाँडा क्षेत्रका स्थानीय जनप्रतिनिधिबीच सहमति भएको छ। गएराति १ बजे १८ बुँदे सहमति भएको हो । सहमतिपछि आजदेखि फोहोर उठ्नेछ। स्थानीयको अवरोध हट्नेछ। स्थानीय जनप्रतिनिधि र महानगरबीच रातिमा मात्रै फोहोर उठाउने गरी सहमति भएको छ।

मध्यराति महानगर प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, ककनी गाउँपालिका- १ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठ, वडा २ का वडाध्यक्ष तिलकबहादुर लामा, धुनिबेँसी गाउँपालिका- १ वडाध्यक्ष मानबहादुर तामाङ र ३ का वडाध्यक्ष प्रकाश हमालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।