१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २६ बिहीबार
  • Saturday, 28 September, 2024
२o७९ जेठ २६ बिहीबार २o:४९:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

जिसस बाग्लुङको प्रमुखमा जनमोर्चाका थापा सर्वसम्मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २६ बिहीबार २o:४९:oo

जिल्ला समन्वय समिति (जिसस) बाग्लुङको प्रमुखमा अमर थापा र उपप्रमुखमा होमनाथ शर्मा सर्वसम्मत निर्वाचित भएका छन् । सत्तासाझेदार पाँचदलीय गठबन्धनका साझा उम्मेदवार जनमोर्चाका थापा र कांग्रेसका शर्मा सर्वसम्मत निर्वाचिन भएका हुन् । 

निर्वाचनको कार्यतालिका अनुसार बिहीबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिए पनि पाँचदलीय गठबन्धनबाहेक अन्य कुनै पनि दलका उम्मेदवारहरूको उम्मेदवारी दर्ता भएन । 
बाग्लुङमा एउटा मात्रै प्रमुख जितेको एमालेले कुनै पनि पदमा उम्मेदवारी दिएन । गठबन्धनका दलका उम्मेदवारको मात्र उम्मेदवारी परेपछि प्रमुख र उपप्रमुखसहित अन्य सदस्य पनि गठबन्धनकै उम्मेदवारहरू सर्वसम्मत निर्वाचित भएका छन् । 

निर्वाचनकाे कार्यतालिकाअनुसार आगामी ३१ जेठमा मतदानको कार्यक्रम रहे पनि आवश्यकभन्दा बढी कुनै पनि पदमा उम्मेदवारी नभएका कारण निर्वाचन कार्यालयले समय मिलाएर औपचारिक घोषणा गर्ने सहायक निर्वाचन अधिकृत गंगाधर सापकोटाले जानकारी दिए । 

समन्वय समितिको सदस्यहरूमा महिला सदस्यमा कांग्रेसको तर्फबाट हरिकला पौडेल, एकीकृत समाजवादीकी जसोधा शर्मा र राष्ट्रिय जनमोर्चाबाट धनकुमारी खत्री सर्वसम्मत चयन भएका छन् ।
अल्पसंख्यक दलित सदस्यतर्फ कांग्रेसबाट उम्मेदवार बनेकी कौशीला विक सर्वसम्मत हुँदा खुला सदस्यतर्फ माओवादी केन्द्रका तर्फबाट हर्कबहादुर पाण्डे, कांग्रेसबाट टेकबहादुर अर्गेजा र पदमबहादुर क्षेत्री सर्वसम्मत भएका छन् । 
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वसम्मत चयन भएका सबैलाई निर्वाचनका प्रक्रिया पूरा गरेर घोषणाको तयारी गरिरहेको सापकोटाले बताए ।
जिल्लाको काठेखोला गाउँपालिका–४ तंग्रामका अमरबहादुर थापा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष हुन् । उनी काठेखोला गाउँपालिका–४ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । राजमोको चौथो कार्यकाल अध्यक्ष भएका थापा यसपटक जिसस प्रमुख भए ।