अत्यधिक गर्मीले पठनपाठनमा समस्या भएपछि बाँकेका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको छ। गर्मीले विद्यार्थीलाई विद्यालय जान, आउन र पठनपाठनमा समस्या देखिएपछि विद्यालय बन्द गरिएको नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए।
उनले अभिभावकको मागलाई समेत मध्यनजर गरी गर्मी बिदा दिइएको बताए। २७–३१ जेठसम्म विद्यालय बन्द गरिएको हो। त्यसैगरी, कोहलपुर नगरपालिकाले पनि पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोहलपुरका विद्यालय शुक्रबारदेखि पाँच दिनसम्म बन्द गर्ने निर्णय भएको मेयर पूर्णप्रसाद आचार्यले जानकारी दिए।
यता, खजुरा गाउँपालिकाले पनि २७ जेठदेखि पाँच दिनका लागि विद्यालयमा गर्मी बिदा दिएको छ। अत्यधिक गर्मीले पठनपाठनमा समस्या आएपछि विद्यालयमा गर्मी बिदा दिइएको शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिए।