जिल्ला समन्वय समिति (जिसस) कञ्चनपुरको प्रमुखमा कांग्रेसका दुर्गादत्त बोहोरा र उपप्रमुखमा कांग्रेसकै रामकुमारी राना निर्विरोध भएका छन् । आगामी ३० जेठमा हुने जिसस निर्वाचनका लागि बुधबार मनोनयन दर्ता भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिसस प्रमुख, उपप्रमुख र सदस्यका लागि चाहिने आवश्यक पदका लागि सीमित मात्र उम्मेदवारी दर्ता भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सदस्यतर्फ जयसिंह विष्ट, रामसिंह भण्डारी, मोहन महता, अन्जुदेवी राना, लीला चौधरी, चन्द्रवती थापा र विमलाकुमारी सार्कीको उम्मेदवारी दर्ता भएको छ । उनीहरू सबै निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका एक कर्मचारीले बताए ।