१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २४ मंगलबार
  • Wednesday, 26 June, 2024
नवराज मैनाली काठमाडाैं
२o७९ जेठ २४ मंगलबार o५:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रहरी इतिहासमा पहिलोपटक प्रशासनतर्फबाट महिला एआइजी

Read Time : < 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ २४ मंगलबार o५:५४:oo

०४९ मा इन्स्पेक्टरमा भर्ना भएकी पूजा सिंह मधेसी समुदायकी पनि हुन्

नेपाल प्रहरीको इतिहासमा पहिलोपटक प्रशासनतर्फबाट महिला एआइजी बनेकी छिन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पूजा सिंहलाई एआइजीमा बढुवा गरेको हो । उनी मधेसी समुदायकी पनि हुन् । 

यसअघि प्राविधिकतर्फ महिला एआइजी भए पनि प्रशासनतर्फबाट भने महिला डिआइजीसम्म मात्र पुगेका थिए । पार्वती थापा र विमला थापा १० वर्षअघि साधारण उपसमूहतर्फ डिआइजी भएका थिए । एआइजीमा पुग्ने पूजा पहिलो महिला बनेकी छिन् । 

०४९ चैतमा इन्स्पेक्टरमा भर्ना भएकी सिंह गत माघको पहिलो साता डिआइजीमा बढुवा भएकी थिइन् । डिआइजी भएको साढे चार महिनामै उनी एआइजी भएकी हुन् । विशिष्ट श्रेणीमा पुग्न आफ्नो र संगठनका लागि गर्वको विषय भएको सिंहको प्रतिक्रिया छ । ‘सरकार र संगठनले मूल्यांकन गरेको छ, यो नेपाल प्रहरी र समग्र महिलाका लागि गर्वको विषय हो,’ उनले भनिन्, ‘महिला पनि सुरक्षा निकायमा विशिष्ट श्रेणीसम्म पुग्न सफल हुन्छन् भन्ने यसले धेरैलाई सकारात्मक सन्देश पनि दिएको छ ।’ 

ad
ad
ad
ad