मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ २२ आइतबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २२ आइतबार १७:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

केयू र भारतको आइआइटीबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम सञ्चालन गर्ने सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २२ आइतबार १७:५१:oo

काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीले स्नातकोत्तरमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने भएका छन् । संयुक्त कार्यक्रम सञ्चालन गर्न काठमाडौं विश्वविद्यालय, भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, अन्तर्राष्ट्रिय इन्स्टिच्युट अफ इन्फरमेसन टेक्नोलोजी र कलेज अफ मेडिकल साइन्सेस भरतपुरबीच चारपक्षीय सम्झौता भएको छ । 

राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपालको काठमाडौं विश्वविद्यालय, भरतपुरको कलेज अफ मेडिकल साइन्सेस र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी र अन्तर्राष्ट्रिय इन्स्टिच्युट अफ इन्फरमेसन टेक्नोलोजी हैदराबादबीच चारपक्षीय सहमति-पत्रमा हस्ताक्षर भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएको मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए। काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले डिग्रीमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने बताए । उनका अनुसार यो सम्झौतासँगै ५० प्रतिशत काठमाडौं विश्व विद्यालयका फ्याकल्टी र ५० प्रतिशत मद्रासका फ्याकल्टीहरूले पढाउनेछन् । 

सम्झौता कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षाका क्षेत्रमा नयाँ युगको सुरुवात भएको बताए। लामो छलफलपछि भारतका विद्यार्थीले नेपाल र नेपालका विद्यार्थीले भारतको विश्वविद्यालयसँग मिलेर पढ्न पाउने निर्णयमा सरकार पुगेको उनले बताए ।

उनले भने, ‘शिक्षा कुनै ठाउँ र देशमा सीमित भएर बस्ने कुरा हैन,’ मन्त्री पौडेलले भने, ‘शिक्षा मानव जातिको निम्ति एक ठाउँबाट अर्को ठाउँमा प्रशिक्षित गर्दै अगाडि बढ्ने प्रक्रिया हो ।’ 

अर्थमन्त्री जनार्दन शर्माले आइटी क्षेत्रमा नेपाल धेरैपछाडि परेको बताए । भारत र नेपालको विश्वविद्यालयबीच भएको सहमतिले प्राविधिक शिक्षाका क्षेत्रमा ठूलो मद्दत पुग्ने  बताएका थिए ।