१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १५:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रले रचनात्मक कामका लागि सदस्यहरूबाट सय रुपैयाँ उठाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १५:२३:oo

नेकपा (माओवादी केन्द्र)ले पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन एवं अन्य रचनात्मक कामका लागि पार्टीका सबै सदस्यबाट सय रुपैयाँका दरले लेबी उठाउने भएको छ।

माओवादीका देशभर कुल आठ लाख पार्टी सदस्य छन्। त्यसबाट रु. आठ करोडबराबरको रकम संकलन हुनेछ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको पार्टीका पूर्वस्थायी समितिका सदस्यको बैठकले पार्टीको कार्यालय विस्तार तथा व्यवस्थापनका लागि एकपटकका लागि उक्त परिमाणमा रकम संकलन गर्ने निर्णय गरेको हो।

बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयका अलावा हालै सम्पन्न स्थानीय तहको निर्वाचन, पार्टीका अन्य कामलगायत विषयमा छलफल भएको थियो। माओवादी नेता हरिबोल गजुरलेका अनुसार समसामयिक राजनीतिक विषयका अलावा पार्टीको भ्रातृ संगठन अखिल (क्रान्तिकारी)भित्र देखिएको केही असन्तुष्टिबारे समेत छलफल भएको थियो।

गत पुसमा माओवादीले आठौँ महाधिवेशन सम्पन्न गरेको भए पनि हालसम्म पदाधिकारी चयन हुन सकेका छैनन्। त्यसबारेमा पनि बैठकमा सामान्य चर्चा–परिचर्चा भएको बताइएको छ। पदाधिकारी छिट्टै टुंगाेमा पुर्‍याएर पार्टीको संगठन विस्तार तथा संघीय र प्रदेशसभाको निर्वाचनमा केन्द्रित हुने माओवादीले स्पष्ट पारेको छ। रासस

ad
ad