मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २२ आइतबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २२ आइतबार o८:४७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

गोपीचन्द्र र राजपुरालाई उपाधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २२ आइतबार o८:४७:oo

नेपाल एपिएफका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले १०औँ कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । हाफ म्याराथनको पुरुषतर्फ गोपी र महिलामा राजपुरा च्याम्पियन बनेका हुन् । गोपी दोस्रोपटक तथा राजपुराले पहिलोपटक उपाधि जितेका हुन् । 

उपाधिसँगै गोपी र राजपुराले समान एक लाख रुपैयाँ हात पारेका छन् । दोस्रो स्थानमा रहेका दीपक र पुष्पाले जनही ५० हजार रुपैयाँ पाए । तेस्रो भएका मुकेश र रेखाले समान ३० हजार रुपैयाँ पाए । चौथो भएका गजेन्द्र र निर्मलाले २० हजार रुपैयाँ पाएका छन् । 

गोपीले निर्धारित दूरी एक घन्टा सात मिनेट ४१ सेकेन्डमा पूरा गरे । पुलिसकी राजपुराले एक घन्टा १९ मिनेट १० सेकेन्डमा दौड पूरा गरे । पुरुषतर्फ दोस्रोदेखि पाँचौँसम्म आर्मीका खेलाडी रहे । आर्मीका दीपक अधिकारी एक घन्टा सात मिनेट ५० सेकेन्डका साथ दोस्रो स्थानमा रहे । उनी १३औँ दक्षिण एसियाली खेलकुदका स्वर्णविजेता गोपीभन्दा नौ सेकेन्डले पछि परेका थिए । 

आर्मीका मुकेश पालले तेस्रो स्थान रक्षा गर्दा एक घन्टा आठ मिनेट ४७ सेकेन्ड लगाए । आर्मीकै गजेन्द्र राई एक घन्टा नौ मिनेट एक सेकेन्डका साथ चौथो भएका छन् । आर्मीकै नरेन्द्रसिंह रावलले पाँचौँ र आर्मीकै खगेन्द्र भाट छैटौँ स्थानमा रहे । 

महिलातर्फ एपिएफकी पुष्पा भण्डारीले दोस्रो स्थान हात पारिन् । उनले दौड एक घन्टा २२ मिनेट पाँच सेकेन्डमा पार गरिन् । पुलिसकी रेखा विष्ट एक घन्टा ३० मिनेट ५२ सेकेन्डका साथ तेस्रो भइन् । आर्मीकी निर्मला केसीले एक घन्टा ३१ मिनेट १३ सेकेन्डमा दूरी पार गर्दै चौथो स्थान हात पारिन् । 

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हाफ म्याराथन (२१.१ किलोमिटर), तीन किमिको ह्विल चेयर दौड र पाँच किमिको कर्पोरेट दौड गरी तीन विधामा प्रतिस्पर्धा भएको थियो । झन्डै चार हजार धावककोे म्याराथनमा सहभागिता रहेको आयोजकले जनाएको छ ।

हाफ म्याराथन कान्तिपुर पब्लिकेसन थापाथलीबाट सुरु भई माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, गठ्ठाघर, सानोठिमी हुँदै सल्लाघारी चोक पुगेर सोही रुट फिर्ता हुँदै कान्तिपुर पब्लिकेसनमा आएर सकिएको थियो ।