मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २० शुक्रबार
  • Thursday, 19 December, 2024
२o७९ जेठ २० शुक्रबार १७:oo:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लमजुङका स्थानीय तहलाई संघीय सरकारको तीन अर्ब बढी बजेट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २० शुक्रबार १७:oo:oo

आगामी आर्थिक वर्ष ०७९/८० का लागि संघीय सरकारले सार्वजनिक गरेको बजेटअनुसार लमजुङका स्थानीय तहहरूलाई तीन अर्बभन्दा बढी बजेट प्राप्त हुने भएको छ। लमजुङका स्थानीय तहहरूलाई तीन अर्ब १७ करोड ४३ लाख रूपैयाँ विनियोजन गरिएको छ।

जिल्लाका चार नगरपालिकाका लागि एक अर्ब ८५ करोड ६० लाख रूपैयाँ र चार गाउँपालिकाका लागि एक अर्ब ३१ करोड ८३ लाख रूपैयाँ विनियोजन भएको छ। चालू आर्थिक वर्ष ०७८/७९ का लागि जिल्लाका आठ स्थानीय तहलाई  दुई अर्ब ८४ करोड ६७ लाख विनियोजन भएको थियो। संघीय सरकारले चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि ३२ करोड ७६ लाख बढी बजेट विनियोजन गरेको हो।

आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये सदरमुकामसमेत रहेको बेँसीसहर नगरपालिकाले सबैभन्दा धेरै ४८ करोड १५ लाख बजेट पाउने भएको छ। बेँसीसहरले चालू आर्थिक वर्षमा ४६ करोड ३५ लाख बजेट पाएको थियो ।

जिल्लाको राइनास नगरपालिकाले ४७ करोड ५० लाख रूपैयाँ पाउने भएको छ। चालू आर्थिक वर्षमा राइनासले ३८ करोड ५९ लाख रुपैयाँ बजेट पाएको थियो। मध्यनेपाल नगरपालिकाले ४६ करोड ४५ लाख रुपैयाँ, सुन्दरबजार नगरपालिकाले ४३ करोड ५० लाख, दोर्दी गाउँपालिकाले ४३ करोड ६९ लाख, मर्स्याङ्दी गाउँपालिकाले ३७ करोड ३२ लाख र दूधपोखरी गाउँपालिकाले २५ करोड ५३ लाख रूपैयाँ बजेट पाउने भएका छन्।

आगामी आर्थिक वर्षका लागि जिल्लामा सबैभन्दा कम बजेट क्होलासोँथार गाउँपालिकाका लागि छुट्याइएको छ। क्होलासोथारका लागि २५ करोड २९ लाख रुपैयाँ विनियोजन भएको छ।