नेपाली कांग्रेसले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनको तयारीलाई तीव्र बनाएको छ। कांग्रेसले निर्वाचनको तयारीस्वरूप जिल्लागत विवरण संकलनलगायतका कामलाई अगाडि बढाएको हो।
कांग्रेस सूचना अधिकारी केशव रिजालका अनुसार जिसस निर्वाचनका लागि केन्द्रीय पदाधिकारीदेखि तल्लो तहसम्म नेताहरूको सक्रिय बनेका छन्। यससँगै पार्टीको जिल्लागत अवस्थाको अध्ययनसमेत भइरहेको उनले जानकारी दिए।
‘केन्द्रीय पदाधिकारीदेखि तल्लो तहसम्म नेताहरूको सक्रिय रूपमा जिसस निर्वाचनमा केन्द्रित बन्नुभएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘पार्टीको जिल्लागत अवस्थाको विवरण पनि संकलन भइरहेको छ। केही विवरण आउने क्रममा छन्।