मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २० शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २० शुक्रबार o७:१५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्यानिक सेल : साना लगानीकर्ता सेयर बेचेर बाहिरिन थाले

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २० शुक्रबार o७:१५:oo

लगातारको सेयर गिरावटले लगानीकर्ता प्यानिक

बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १८ दशमलव २६ अंकले घटेर दुई हजार एक सय १२ दशमलव ४७ बिन्दुमा आइपुगेको छ । लगातार आएको गिरावटले लगानीकर्ता प्यानिक बन्न पुगेसँगै साना लगानीकर्ता सेयर बेचेर बाहिरिन थालेका छन् । लगानीकर्ताले प्यानिक सेल बढाउँदा अघिल्लो दिनको भन्दा कारोबार रकम चार करोड रुपैयाँले बढेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स तीन दशमलव ८१ अंकले घटेर चार सय १० बिन्दुमा आइपुगेको छ । 

यस दिन सबैभन्दा धेरै सेयर कारोबार माउन्टेन हाइड्रो नेपालको भएको छ । कम्पनीको सेयर मूल्य बढेसँगै लगानीकर्ताले यस कम्पनीको सेयर खरिद–बिक्री बढाएका हुन् । कम्पनीको चार प्रतिशतले मूल्य बढेको छ । कम्पनीको १२ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआइसी एसिया बैंक, नबिल बैंक, हिमालयन डिस्टिलरी र शिखर इन्स्योरेन्स कम्पनीको दुई करोड रुपैयाँदेखि ६ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

यस दिन कारोबारमा आएका १३ वटा समूहका सूचकमध्ये म्युचुअल फन्ड समूहको सूचक सामान्यले बढेको छ भने अन्य १२ वटा समूहका सूचक घटेका छन् । जसमध्ये ट्रेडिङ समूहको दुई दशमलव ६० प्रतिशतले घटेको छ भने निर्जीवन बिमा, ‘अन्य’ समूह र जीवन बिमा समूहको सूचक १ प्रतिशतभन्दा बढीले घटेको छ । बाँकी अन्य समूहको सूचक सामान्य घटेको छ ।

बिहीबार ३९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ४९ कम्पनीको सेयर मूल्य घटेको छ । प्रभु लाइफ इन्स्योरेन्स, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रिमियर इन्स्योरेन्स कम्पनी र हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य ४ प्रतिशतदेखि ६ दशमलव ४७ प्रतिशतले घटेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत
पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । बुधबार कम्पनीको सात लाख ७५ हजार नौ सय ८२ दशमलव ५९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।