मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ १८ बुधबार १९:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिकलसेल अनुसन्धान तथा उपचार केन्द्रका लागि बजेट विनियोजन, थारू समुदाय हर्षित

Read Time : < 1 मिनेट
२०७९ जेठ १८ बुधबार १९:४९:००

सरकारले सिकलसेल एनिमिया र थाल्सेमियाका बिरामीको उपचार र अनुसन्धानका लागि बजेट विनियोजन गरेपछि पश्चिम नेपालका थारू समुदायले खुसी व्यक्त गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले थारू समुदायमा विद्यमान सिकलसेल एनिमियाको उपचार तथा अनुसन्धानका लागि बजेट विनियोजन गरेपछि आशा जागेको सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभुराम चौधरीले बताए । 

सिकलसेल एनिमिया र थाल्सेमियाका कारण पश्चिम नेपालका थारू समुदायको आर्थिक अवस्था कमजोर बनेको बताउँदै उनले सरकारले विनियोजन गरेको बजेटले थोरै भए पनि राहत पुग्ने धारणा राखे । 

सिकलसेल एनिमियाको समस्या देखिएका बिरामीलाई सरकारले एक लाख रुपैयाँबराबरको जाँच सेवा र औषधि प्रदान गर्दैै आएको छ । ‘सरकारले सिकलसेल एनिमिया अनुसन्धान तथा उपचार केन्द्र स्थापना गर्न बजेट विनियोजन गरेको छ । यसले थारू समुदायलाई धेरै राहत प्रदान गर्ने आशा जागेको छ,’ उनले भने ।

सिकलसेलका कारण थारू समुदायका धेरै सर्वसाधारणले ज्यान गुमाएको बताउँदै उपचारमा धेरै रकम खर्चिएको बताए । ‘सिकलसेल एनिमियाको पहिचान हुन नसक्दा धेरैले घरखेत गुमाएका छन् । धेरैको आर्थिक अवस्था नाजुक भइसकेको छ,’ चौधरीले भने ।