मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १८ बुधबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ १८ बुधबार १५:३७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

केपी ओली नेतृत्वको एमाले सरकार कहिल्यै थिएन : बेदुराम भुसाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ १८ बुधबार १५:३७:oo

राष्ट्रिय सभा सदस्य डा. बेदुराम भुसालले केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको बताएका छन् । बुधबार राष्ट्रिय सभामा सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष ०७९–८० को बजेटमाथिको छलफलमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।  सभामा केही सांसदहरूले केपी ओली नेतृत्वको एमालेको सरकार भनेकोप्रति टिप्पणी गर्दै उनले नेकपा एमालेको सरकार ०५१ सालमा मनमोहन अधिकारीको बाहेक अरू नभएको स्पष्ट पारे ।  

मनमोहन अधिकारी नेतृत्वको बाहेक गठबन्धनविना एमालेको कुनै एकल सरकार नरहेको बताए । उनले यस आर्थिक वर्षको बजेटले गति समातेको बताए । उनले अहिलेको बजेटलाई गलत भन्नु दृष्टिकोणहीन भएर गरिएको निर्णय भएको बताए । 

‘यहाँ केही साथीहरू भन्नुहुन्छ, केपी ओली नेतृत्वको एमाले सरकार । कहिले थियो इतिहासमा ? इतिहासका पाना पल्टाएँ । मैले केपी ओलीजी पहिलोपटक प्रधानमन्त्री हुनुभएको थियो ०७२ सालको असोज २२ गते । ०७३ साउन १९ सम्म हुनुभएको थियो । त्यतिवेलाको सरकार एमाले र माओवादीको संयुक्त सरकार थियो । म सुन्दै छु एमालेको सरकार रे, कसरी दुईवटा पार्टीको सरकार एमालेको हुन्छ ? दोस्रोपटक ०७४ फागुन ३ गते प्रधानमन्त्री हुनुभयो, र ०७८ असार २१ गतेसम्म रहनुभयो । पार्टी एकतापछि नेकपाको सरकार बनेको थियो । यो घामजत्तिकै उज्यालोलाई छेकेर छेकिन्छ र ?’, उनले भने, ‘केपी ओली नेतृत्वको एमाले सरकार कहिल्यै थिएन, होइन । एमालेको एकल सरकार ०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा मात्रै थियो ।’

राष्ट्रिय सभा सदस्य भुसालले सरकारले बजेटमा ल्याएको प्रत्येक वडामा प्राविधिकहरू खटाउने निर्णय र विद्युतको उपयोग गरेर पेट्रोलियम पदार्थको प्रयोग कटौती गर्छु भन्ने तर विद्युतीय साधनहरूमा महसुल बढाउने निर्णय विरोधाभाष भएकोसमेत बताए। उनले गत सालको बजेट तत्कालीन सरकारले संसदबाहिर प्रस्तुत गर्दै संवैधानिक प्रणालीमा अवरोध गरेको आरोपसमेत लगाए ।