मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ १८ बुधबार १५:०१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानका प्रधानमन्त्री टर्की भ्रमणमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ १८ बुधबार १५:०१:००

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ तीनदिने औपचारिक भ्रमणका लागि टर्की पुगेका छन् ।  पाकिस्तानी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी टर्कीको अंकरा पुगेका हुन् । 

पाकिस्तानका प्रधानमन्त्री सरिफलाई टर्कीका रक्षामन्त्री हुलुसी अकरले अंकरा विमानस्थलमा स्वागत गरेका थिए । पाकिस्तानी प्रतिनिधिमण्डलमा रक्षामन्त्री खावाज मोहम्मद असिफ, सूचना तथा प्रसारणमन्त्री मरियुम औराङजब, लगानीमन्त्री चौधरी सालिक हसन र प्रधानमन्त्रीका विषेश सहयोगी तारिक फतेमी र फहद हसन रहेका छन् । विदेशमन्त्री बिलावाल भुट्टो जर्दारी भने सोमबार नै टर्की पुगेका थिए । उनी पनि प्रतिनिधिमण्डलमा सहभागी भएका छन् । 

टोलीले बुधबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेको छ । भेटवार्ताका क्रममा पाकिस्तान–टर्की सम्बन्धलाई थप बलियो बनाउने, आपसी सहकार्यका नयाँ ढोका खोल्ने, विगतमा हुँदै आएका सहकार्यलाई थप प्रभावकारी र दिगो बनाउनेलगायतका विषयमा छलफल भएको छ । 

त्यसैगरी, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा पनि सकेसम्म समान धारणा बनाउने र एकै ठाउँमा रहेर भूमिका खेल्नेबारेमा पनि कुराकानी भएको जनाइएको छ ।  रासस