१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १८ बुधबार
  • Monday, 01 July, 2024
२o७९ जेठ १८ बुधबार o६:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

आजबाट भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १८ बुधबार o६:२४:oo

भारतले १८ जेठबाट चिनी निर्यातमा रोक लगाउने भएको छ । भारतले चिनी निर्यातमा रोक लगाएसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्ने उद्योग वाणिज्य आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले बताए । नेपालमा भारतबाट वार्षिक एक लाख ६० हजार मेट्रिकटन चिनी आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा छ । नेपालको उत्पादनले वार्षिक मागको करिब ५० प्रतिशत मात्रै माग धान्न सक्ने उनको भनाइ छ । नेपाली बजारमा वार्षिक तीन लाख मेट्रिकटन चिनी खपत हुने गर्छ । ‘भारतले चिनीमा प्रतिबन्ध लगाए पनि तेस्रो मुलुकबाट आयात गरेर मागको सम्बोधन गर्छौँ, त्यसका लागि हामीले तयारी थालेका छौँ,’ उनले भने ।

नेपालमा अहिले वार्षिक करिब एक लाख ४० मेट्रिकटन उत्पादनसम्म चिनी उत्पादन भइरहेको छ । पछिल्लो वर्ष उखु उत्पादनमा कमी आउन थालेसँगै चिनी उत्पादनमा समेत कमी आइरहेको छ । समयमै उखु किसानले भुक्तानी नपाउने र बाली लगाएको लागतसमेत नउठ्ने समस्याले उखु किसान निरुत्साहित बन्न पुग्दा त्यसको असर चिनी उत्पादनमा परेको राष्ट्रिय कृषक संघका अध्यक्ष नवराज बस्नेतले बताए ।

नेपालमा चिनी आयात गर्ने नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग अहिले चिनी मौज्दात नभएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रवक्ता कुमारराज भण्डारीले जानकारी दिए । ‘अहिले हामीसँग स्टक चिनी छैन, आगामी १६ तारिखमा अन्तर्राष्ट्रियस्तरमै टेन्डर आह्वान गर्दै छौँ त्यसपछि बल्ल सम्भव होला,’ भण्डारीले भने, ‘चिनीको अभाव झेल्नुपर्छजस्तो लाग्दैन, भारतले नदिए अन्य मुलुकबाट ल्याउन सकिन्छ ।’ भारतले हुन सक्ने खाद्यान्न संकटलाई ध्यानमा राखेर निर्यातमा कडाइ गरेको उनको अनुमान छ । चिनी उत्पादनको सिजनमा एक करोड मेट्रिकटनसम्म चिनी निर्यात नरोकिने भारतले बताएको छ । सन् २०२१ अक्टुबरदेखि सन् २०२२ सेप्टेम्बरसम्म भने यो परिमाणमा निर्यात गर्न सकिने भारतले जनाएको छ । 

ad
ad
ad
ad