मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १७ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १७ मंगलबार १३:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कृषिमा भएको बजेट वृद्धि क्रान्तिकारी छलाङ : सांसद पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १७ मंगलबार १३:५१:oo

नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रमा ३२ प्रतिशतले वृद्धि हुनु क्रान्तिकारी छलाङ भएको बताएका छन्। 

मंगलबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०७९/८० को बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले बजेटमा कृषि क्षेत्रले संरचनागत परिवर्तनको दिशा पक्रेको बताए। सांसद पुनले कृषिको आधुनिकीकरण, वैज्ञानिकीकरण गर्दै उत्पादन वृद्धिको कुरा बजेटमा समेटिएको उल्लेख गरिन्।

‘वर्षैभरी काम गर्ने तर खान पनि नपुग्ने अवस्थालाई अन्त्य गर्नका लागि कृषि क्षेत्रको आधुनिकीकरणको कार्यक्रम आएको छ। कृषि क्षेत्रलाई वैज्ञानिकीकरण गर्ने कुरा आएको छ। कृषि क्षेत्रको उत्पादन वृद्धि गर्ने कुरा आएको छ। कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्ने र व्यवसायीकरण गर्दै त्यसको नेतृत्व, दिशानिर्देश गर्ने जिम्मा संघ, प्रदेश र स्थानीय तहले लिने कुरो गरेको छ। र त्यो आफैंमा एउटा नयाँ विषय आएको छ। संरचनागत परिवर्तनको दिशा पक्रेको छ यसले। कृषिमा ३२ प्रतिशतको अहिले बजेटको वृद्धि भएको छ। यो आफैँमा एउटा क्रान्तिकारी छलाङ नै हो,’ उनले भने।