मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १६ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १६ सोमबार २१:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

थापाको नेतृत्वमा इस्टुको ४९ सदस्यीय कार्यसमिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १६ सोमबार २१:३५:oo

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को नयाँ कार्यसमिति गठन भएको छ ।  गत १४ र १५ जेठमा सम्पन्न छैठौँ महाधिवेशनबाट होमकुमार थापाको अध्यक्षतामा ४९ सदस्यीय कार्य समिति गठन भएको हो । 

महाधिवेशनबाट सहअध्यक्षमा मोतीराम फुँयाल, वरिष्ठ उपाध्यक्षमा देवीदत्त पौडेल र केशवकुमार पाठक, उपाध्यक्षहरूमा नारायण पौडेल, अञ्जु गौतम, रोहिणीरमण दवाडी, भवानीप्रसाद पराजुली, धर्मराज भट्ट, उमेश सापकोटा, सरिता निरौला, दीपक गौतम र सुधी कुमार झा निर्वाचित भएका छन् । 

महासचिवमा भोलानाथ चालिसे, उपमहासचिवमा मनोज खनाल, अर्थ उपमहासचिवमा इन्दिरा धमला र सचिवमा राम थुलुङ, यादव अधिकारी र जनकराज घिमिरे निर्वाचित भएका छन् । महिला सचिव भने मनोनीत गर्न बाँकी छ । 

इस्टुले नेपाल सरकारले दिएको हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा अनिवार्य रूपमा मान्नुपर्ने निर्णय गरेको छ । त्यस्तै, संस्थागत विद्यालयहरूमा कार्यरत शिक्षक कर्मचारीहरूलाई सरकारले तोकेको तलब, सबै खाले बिदा र सबै सुविधा अनिवार्य प्रदान गर्न स्थानीय तहहरूलाई आग्रह गर्नेसमेत जनाएको छ।