१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १६ सोमबार
  • Sunday, 22 September, 2024
हदिश खुद्दार जनकपुरधाम
२o७९ जेठ १६ सोमबार १२:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तारा एयर विमान दुर्घटना : चुनावका लागि गाउँ आएका एकै परिवारका सातजनाको मृत्यु

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७९ जेठ १६ सोमबार १२:१o:oo

आइतबार भएको तारा एयरको विमान दुर्घटनामा धनुषाका एकै परिवारका सातजनाको मृत्यु भएको छ। जिल्लाको मिथिला नगरपालिका– ११ लोटा टोल बस्ने राजनकुमार गोेलेसहित सातजनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा एकीकृत समाजवादी पार्टीका धनुषा जिल्ला सदस्य राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकुमाया तामाङ रहेका छन्। मृतकमध्ये पुरुषोत्तम तामाङ र तुलसादेवी काठमाडौंमा बस्दै आएका थिए। उनीहरू चुनावका लागि गाउँ आएका थिए। 

चुनाव सकिएपछि राजनकुमार परिवारसहित शुक्रबार नै गाउँबाट पोखराका लागि निस्केका थिए। शनिबार दिनभरि पोखरामा बिताएका उनीहरू आइतबार बिहान मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले पोखराबाट मुस्ताङको जोमसोमका लागि तारा एयरको विमान चढेका थिए। मृतक राजनका बहिनी ज्वाइँ मदन लामाका अनुसार उनीहरूले घरबाटै मुक्तिनाथको दर्शन गर्ने योजना बनाएका थिए।

एउटै परिवारका सातजनाको मृत्युको खबरले पूरै गाउँ नै शोकमा डुबेको छ। घटना भएको खबर पाएलगत्तै आफूहरु स्तब्ध भएको मिथिला नगरपालिका– ११ का वडाध्यक्ष वेदबहादुर कार्कीले बताए।

यसैबीच, घटनाको जानकारी पाएलगत्तै मधेस प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो मृतकका परिवारलाई भेट्न पुगेका छन्। मन्त्री महतो संघीय मन्त्री हुँदा मृतक राजन उनका स्वकीय सचिव थिए।