मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १६ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १६ सोमबार १o:१५:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

कान्समा लोरीलाई  ‘स्पेसल मेन्सन’ अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १६ सोमबार १o:१५:oo

कान्स फिल्म फेस्टिबलमा नेपाली फिल्म ‘लोरी’ले अवार्ड जितेको छ । अविनाशविक्रम शाह निर्देशित ‘लोरी’ले सर्ट फिल्म विधातर्फको ‘स्पेसल मेन्सन’ अवार्ड जितेको हो । यसअघि कान्समा विभिन्न फिल्मकर्मीका फिल्म फरक–फरक विधामा छनोट भए पनि आधिकारिक रूपमा छानिएको ‘लोरी’ पहिलो फिल्म हो ।

कान्समा २७ मेमा ‘लोरी’ प्रदर्शन गरिएको थियो । फिल्मको पटकथा लेखन पनि निर्देशक शाहले नै गरेका हुन् । फिल्मको छायांकन उज्ज्वलकुमार बस्ताकोटीले गरेका हुन् । फिल्ममा अंकिता यादव, सुजिता साह र प्रीति झाको अभिनय छ । १५ मिनेटको फिल्मले नेपालको पित्तृसत्तात्मक समाजको विद्यमान कुरीतिलाई चित्रण गरेको छ । 

नेपालको अन्डरग्राउन्ड टकिज र हङकङको पेट्रा फिल्मस्ले संयुक्त रूपमा लोरीलाई निर्माण गरेको हो । कान्समा सहभागी एक सय ४० देशका ३५ सय फिल्मध्येबाट ‘लोरी’ उत्कृष्ट नौमा पर्न सफल भएको हो । नेपाल, चीन, साउथ कोरिया, कोस्टारिका, अमेरिका, फ्रान्स, घाना र लिथुवानियाका फिल्मसँग ‘लोरी’को प्रतिस्पर्धा गरेको थियो । 

कान्समा यस वर्ष नेपाली अभिनेत्री सुरक्षा पन्त पनि सहभागी भएकी थिइन् । कान्स फेस्टिभलमा रेड कार्पेटमा सहभागी हुने उनी पहिलो नेपाली कलाकारसमेत बनेकी छिन् ।  कान्समा नेपाली फिल्म ‘एक मुठी बादल’ (माई सेयर अफ स्काई) पनि छानिएको थियो । फिल्मका लेखक तथा निर्देशक सहारा शर्मा र निर्माण कम्पनी गौँथली फिल्मस्का अभिमन्यु दीक्षित लगानीकर्ता खोज्न कान्स पुगेका थिए ।