१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १५ आइतबार १४:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

थासाङ गाउँपालिका अध्यक्ष भन्छन्– पाइलटको फोनमा घन्टी लागिरहेको छ, लार्जुङखोचतिर जाँदै छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १५ आइतबार १४:१४:००

बेपत्ता तारा एयरको विमानको खोजीकार्य मुस्ताङको थासाङ गाउँपालिका– २ लार्जुङखोचमा केन्द्रित बनेको छ। थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले पाइलटको फोनमा घन्टी लागिरहेको जानकारीका आधारमा त्यसतर्फ केन्द्रित बनेको जानकारी दिए। 

पाइलटको फोनमा घन्टी लागिरहेको र लोकेसन थासाङ गाउँपालिका– २ लार्जुङखोच भएको जानकारीका आधारमा हामी त्यसतर्फ जाँदै छौँ,’ उनले भने । लार्जुङखोच गाउँपालिका– २ को पश्चिम भागमा पर्छ।