मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ १३ शुक्रबार
  • Wednesday, 02 September, 2026
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १३ शुक्रबार १७:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्री बडूले बोलेका असंसदीय शब्दहरू अभिलेखबाट हटाउन सभामुखको रुलिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १३ शुक्रबार १७:१९:oo

सभामुख अग्निप्रसाद सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले संसदमा बोलेका असंसदीय शब्दहरू अभिलेखबाट हटाउन रुलिङ गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबार बसेको पहिलो बैठकमा मन्त्री बडूले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सम्बन्धमा टिप्पणी गर्दा असंसदीय शब्द बोलेको भन्दै एमालेले संसद् बैठक अवरोध गरेको थियो।

दोस्रो बैठकको क्रममा सभामुख सापकोटाले एमालेको मागबमोजिम बोल्ने क्रममा प्रयोग भएका असंसदीय शब्दहरू अभिलेखबाट हटाउन रुलिङ गरेका हुन्। सभामुखको रुलिङपछि संसद् बैठक सुचारु भएको थियो।