१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ १३ शुक्रबार १३:२८:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

काठमाडौं महानगरपालिकामा १६ प्रतिशतभन्दा बढी मत बदर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ १३ शुक्रबार १३:२८:००

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा ३१ हजारभन्दा बढी मत बदर भएको छ । महानगरका तीन लाख दुई सय ४२ मतदातामध्ये ६३.६० प्रतिशत अर्थात् एक लाख ९० हजार नाै सय ५६ मत खसेको थियो । जसमध्ये ३१ हजार ४१ अर्थात् १६.२६ प्रतिशत मत बदर भएको हो । 

महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६१ हजार सात सय ६७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ३८ हजार तीन सय ४१ मत प्राप्त गरेकी छिन् । 

एमालेका केशव स्थापित ३८ हजार एक सय १७ मतसहित तेस्रो भए । त्यस्तै, स्वतन्त्रका सुमन सायमीले १३ हजार सात सय ७०, राप्रपाका मदनदास श्रेष्ठले पाँच हजार सात सय ७० र विवकेशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले ६ सय ४७ मत प्राप्त गरिन् ।

उपमेयरमा एमालेकी सुनिता डंगोल ६८ हजार ६ सय १२ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८६ मत प्राप्त गरे । स्वतन्त्रकी विद्या श्रेष्ठले १३ हजार ६ सय १५, राप्रपाकी विनिता मगैयाले १२ हजार एक सय ४१, स्वतन्त्रकी बेन्जीसिंह महर्जनले ६ हजार पाँच सय ५५, विवेकशील साझाकी कृति कंसाकारले दुई हजार पाँच सय ९० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।