
रुपन्देही ४ को मतगणना रोकिएको छ । मत गणना गर्ने क्रममा देखिएको सदर र बदर मतको विषयमा विवाद हुँदा केही समय मतगणना रोकिएको हो ।
क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यको लागि चार हजार ८ सय ४३ मत गणना भएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले बताए ।
जसमा लोसपाका सर्बेन्द्र नाथ शुक्लाले साईकल चुनाव चिन्हमा एक हजार ८ सय ८३ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका प्रमोद यादवले रुख चिन्हमा एक हजार तीन सय ४० मत प्राप्त गरेका छन् ।
जनमत पार्टीका भोपेन्द्र यादवले लाउडस्पिकर चिन्हमा एक हजार ३३ मत प्राप्त गरेका छन् । विवाद देखिएको विषयमा सर्वदलीय बैठक बसि सहमतिको प्रयास भइरहेको र केही समयमै मतगणना सुरु हुने आर्चायले बताए ।