१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १७:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मकवानपुरको बागमतीमा नमुना मतदान, बदर मत न्यून

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:५८:oo

मकवानपुरको बागमती गाउँपालिमा आइतबार भएको नमुना मतदानमा ०.५३ प्रतिशत मत बदर भएको छ। आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन लक्षित गरिएको नमूना मतदानमा ०.५३ प्रतिशत मत बदर भएको प्रदेश निर्वाचन आयोग हेटौंडाले जानकारी दिएको हो।

गाउँपालिको केन्द्र झुरझुरेमा गरिएको नमूना मतदानमा महिला र पुरुषगरी ५३ जनाले सहभागिता जनाएका थिए। खसेको मत मध्ये ५२ वटा मत सदर र एउटा मत भने बदर भएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए। निर्वाचनमा मतदानका क्रममा मत बदर नहोस् र कुनैपनि मतदाताहरुलाई कुनैपनि किसिमको समस्या नहोस् भन्ने उद्देश्यले नमूना मतदान कार्यक्रम गरिएको जानकारी गराउँदै पोखरेलले मतदातालाई मतदान गर्नुपर्ने मतपत्रको संख्या, मतदान गर्ने तरिका र मतदान गरिसकेपछि मतदान केन्द्रबाट बाहिरिने तरिकाका विषयमा जानकारी गराएको बताए।

प्रमुख पोखरेलले प्रतिनिधिसभा र प्रदेश सभाको लागि प्रत्यक्ष र समानुपातिक गरी चारवटा मत पत्र प्रयोग गर्नुपर्ने भएकाले मतदाताहरुमा अन्योलता नहोस् भनेर नै नमूना मतदान कार्यक्रम सञ्चालन गरेको बताए। उनले मकवानपुरको दशवटै पालिकामा नमूना मतदान कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए।

ad
ad