मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ १२ बिहीबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १२ बिहीबार १३:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पपुलर भोटका आधारमा एमाले अझै एक नम्बर पार्टी हो : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १२ बिहीबार १३:२२:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले अझै पनि एक नम्बर पार्टी रहेको बताएका छन्। एमाले समाप्तै भएको जसरी प्रचार गरिएको भन्दै उनले यस्तो दाबी गरेका हुन्।

बिहीबार संसद् बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रममा उनले पपुलर भोटका आधारमा अझै पनि एमाले एक नम्बरको पार्टी रहेको बताए।

‘बजारमा यस्तो माहोल खडा गरिएको छ मानिलिऔँ नेकपा एमाले अब समाप्तै भएको छ। म अहिले पनि भन्न चाहन्छु नेकपा एमाले केही सिटले मात्र पछाडि परेको छ। पपुलर भोटमा नेकपा एमाले अहिले पनि सबै पार्टीभन्दा अगाडि छ र एक नम्बर पार्टी हो,’ उनले भने।