Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ जेठ १२ बिहीबार ०८:५६:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सात पालिका जितेकाे कांग्रेस रौतहटमा पहिलो

Read Time : < 1 मिनेट
२०७९ जेठ १२ बिहीबार ०८:५६:००

स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार रौतहट जिल्लामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा रौतहटका आठ पालिकामा जित निकालेको नेपाली कांग्रेसले यो चुनावमा भने एक पालिका गुमाएको छ। नेपाली कांग्रेसले चन्द्रपुर नगरपालिका,गढीमाई नगरपालिका, फतुवा–विजयपुर नगरपालिका, राजपुर नगरपालिका, परोहा नगरपालिका र वृन्दावन नगरपालिमा ०७४ को स्थानीय तहको निर्वाचनमा पनि जित निकालेको थियो 

७४ मा माओवादीले जितेको कटहरिया नगरपालिका र जसपाले जितेको माधवनारायण नगरपालिकामा पनि यसपटक नेपाली कांग्रेसले चुनाव जितेको छ । ०७४ को निर्वाचनमा नेपाली कांग्रेसले जितेको वृन्दावन नगरपालिकामा भने नेपाली कांग्रेसले यो चुनावमा पराजय भोगेको छ । सो नगरपालिकामा टिकट वितरणकै वेलाबाट विवाद उत्पन्न भएको थियो । कांग्रेसले जितेको जिल्लाको दुर्गा भगवती गाउँपालिकामा भने यसपटक नेकपा माओवादी केन्द्रले जितेको छ । माओवादी केन्द्रले रौतहटको दुर्गा भगवती गाउँपालिकामै चित्त बझाउनुपरेको  छ ।

नेपाली कांग्रेससँग अहिले सातजना पालिका प्रमुख र उपप्रमुख छन् । एमालेले दुई स्थान जित्दा यसअघि जित हात पारेको लोसपाले गौर नगरपालिका, माधवनारायण नगरपालिका गुमाएको छ । नेकपा एकीकृत समाजवादी पार्टी रौतहटका चार पालिकामा जित निकाल्दै दाेस्रो पार्टी बन्न सफल भएको छ । जिल्लाको गौर, राजदेवी, बौधीमाई र वृन्दावन नगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदारले जितेका छन् ।

जिल्लाको देवाही गोनाही र मौलापुर नगरपालिका र गरुडा नगरपालिकामा नेकपा एमालेले जितेको छ । जिल्लाको ईशनाथ नगरपालिका र यमुनामाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीले जितेको छ । जिल्लाको गजुरा नगरपालिकामा भने जसपाका सन्तलाल चौधरीले जितेका छन् । ०७४ को स्थानीय तहको निर्वाचनमा एउटा पनि पालिकामा नजितेको नेकपा एमाले यो स्थानीय निर्वाचनमा तीन पालिका जित्दै तेस्रो पार्टी बनेको छ ।