१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १२ बिहीबार
  • Monday, 24 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १२ बिहीबार o७:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

बजेटको अपेक्षाले बजारमा देखियो सुधार लगानीकर्ताले सेयर होल्ड गर्न थाले

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १२ बिहीबार o७:३o:oo

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन केही दिन मात्र बाँकी रहँदा सेयर बजारमा सकारात्मक प्रभाव परेको छ । लगानीमैत्री बजेट आउने अपेक्षा लगानीकर्ताहरूको छ । बजेटयता ब्याजदर तत्काल बढ्ने सम्भावना पनि कम हुने हुँदा लगानीकर्ता बजारप्रति सकारात्मक बन्न पुगेका छन् । 

अर्कोतर्फ, बजार निकै करेक्सन भएकाले पनि सामान्य बढ्नु स्वाभाविक मानिन्छ । बुधबार नेप्से परिसूचक १४ दशमलव ३७ अंकले बढेर दुई हजार दुई सय ३१ दशमलव ५७ बिन्दुमा पुगेको छ । यस दिन एक सय ४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३९ वटा कम्पनीको सेयर मूल्य घटेका छन् । यस दिन कारोबारमा आएका १३ वटै समूह सूचक बढेका छन् । ट्रेडिङ समूह, निर्जीवन बिमा समूह र जलविद्युत् समूह सूचक एक प्रतिशतभन्दा बढीले बढेका छन् । अन्य समूहको सूचक सामान्यले बढेका छन् ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २६ कम्पनीको २६ लाख ९४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब चार करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ । अपर तामाकोसी हाइड्रोपावर, अरुण काबेली पावर, नबिल बैंक, अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट र अपी पावर कम्पनीको दुई करोड रुपैयाँदेखि आठ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बलेफी हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् कम्पनी, सिंगटी हाइड्रो इनर्जी कम्पनी, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स, अपर तामाकोसी हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर ४ प्रतिशतदेखि झन्डै ६ प्रतिशतले बढेका छन् । 

कर्पोरेट डेभलेपमेन्ट बैंक, लक्ष्मी लघुवित्त वित्तीय संस्था, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर, प्रभु लाइफ इन्स्योरेन्स र सानिमा बैंक ऋणपत्र २ प्रतिशतदेखि ७ दशमलव १३ प्रतिशतले घटेका छन् । बजारमा सुधार आएसँगै लगानीकर्ताले सेयर होल्ड गर्दा कारोबार रकम भने घट्न पुगेको छ ।

 दुई कम्पनीलाई आइपिओ निष्कासनको अनुमति 
 नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आइपिओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले आदर्श लघुवित्त वित्तीय संस्था र राप्ती हाइड्रो एन्ड जनरल कन्ट्रक्सन कम्पनीलाई आइपिओ निष्कासन गर्न अनुमति दिएको हो ।बोर्डले आदर्श लघुवित्त वित्तीय संस्थालाई ६७ लाख रुपैयाँबराबरको ६७ हजार कित्ता सेयर निष्कासन गर्न र अनुमति दिएको हो ।

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल रहेको छ । यस्तै, बोर्डले राप्ती हाइड्रो एन्ड जनरल कन्ट्रक्सन कम्पनीलाई पनि २९ करोड ४१ लाख ४१ हजार रुपैयाँबराबरको २९ लाख ४१ हजार चार सय १० कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले उक्त सेयर आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि निष्कासन गर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

ad
ad
ad
ad