१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

देशभर नौ पालिकाको मतपरिणाम घोषणा हुन बाँकी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:o६:oo

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न नौ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा बुधबार १०:३० बजेसम्ममा प्रविष्ट भएको विवरणअनुसार सात सय ५३ मध्ये सात सय ४४ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मतगणना कार्य सम्पन्न भए पनि घोषणा भई आयोगको प्रणालीमा प्रविष्ट हुन बाँकी रहेको छ ।

अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौं महानगरपालिका, प्रदेश १ मा उदयपुरको त्रियुगा र कटारी नगरपालिका, मधेस प्रदेशमा रौतहटको गढीमाई नगरपालिका, गरुडा नगरपालिका र फतुवा–विजयपुर नगरपालिका,  रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगन्ज नगरपालिका छ । सुदूरपश्चिममा बाजुराको बुढीगंगा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन बाँकी रहेको छ ।

ad
ad