मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ १० मंगलबार १७:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिजुली आपूर्तिका लागि जुम्लामा १५ सय किलोवाटको सोलार प्लान्ट राखिने 

Read Time : < 1 मिनेट
२०७९ जेठ १० मंगलबार १७:४२:००

जुम्लाको बिजुली आपूर्ति व्यवस्थापनका लागि १५ सय किलोवाट सोलार प्लान्ट राखिने भएको छ । सोलार प्लान्ट राख्नका लागि स्थानको छनोटसमेत गरिएको छ । जिल्लाको चन्दननाथ नगरपालिका– ३ स्थित खोपचौर र घुघुत्ती पावरहाउस नजिकको चौरमा सोलार प्लान्ट राख्नका लागि स्थान छनोट गरिएको हो । 

नेपाल विद्युत् प्राधिकरणको लगानीमा १५ सय किलोवाट सोलार प्लान्ट राख्नका लागि खोपेचौर र पावरहाउस नजिक चौर छनोट गरी पठाएको वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले बताए । उनले भने, ‘नेपाल विद्युत् प्राधिकरण काठमाडौंबाट पिएमडी शाखाका तीन इन्जिनियरको टोली जुम्ला आएर काठमाडौं फर्किएको छ । यहाँबाट दुई ठाउँमा छनोट गरी पठाएका छौँ । केन्द्रको पिएमडी शाखाले दुई स्थानमध्ये एक उपयुक्त स्थान छनोट गर्नेछ ।’  
१५ सय किलोवाट सोलार पलान्ट स्थापना भएपछि यहाँको बिजुली आपूर्तिमा निकै राहत हुने उनले बताए । 

जुम्ला राष्ट्रिय प्रसारण लाइनसँग जोडिए पनि नियमित बिजुली आपूर्ति हुन सकेको छैन । दैलेखको दुल्लुदेखि कालिकोट हुँदै जुम्ला राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको हो। बिजुलीको लाइन भिरपाखामा भएकोले बाढीपहिरो, बर्षात्, हावाहुरीले बिजुलीको लाइन पोलमा क्षति हुने गरेकाले नियमित बिजुली आपूर्ति हुन सकेको छैन । अझै पनि जुम्लाका सबै स्थानमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगेको छैन ।