१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ जेठ ९ सोमबार १२:३६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सबै मतपरिणाम सार्वजनिक भएपछि मात्रै गठबन्धनले चुनावी तालमेलको समीक्षा गर्ने

Read Time : > 1 मिनेट
२०७९ जेठ ९ सोमबार १२:३६:००

सत्तारूढ गठबन्धनले सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि मात्रै स्थानीय तह निर्वाचनमा चुनावी तालमेलबारे समीक्षा गर्ने भएको छ। स्थानीय तह निर्वाचनपछि प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार र आइतबार बसेको सत्तारूढ दलका शीर्ष नेताहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काका अनुसार जेठ १० मा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रमको विषयमा शीर्ष तहमा छलफल भएको हो। उनका अनुसार यसबाहेक चुनावी तालमेलबारे भने कुनै निष्कर्ष निकालिएको छैन।

पूर्णबहादुर खड्का, कांग्रेस उपसभापति

निर्वाचनपछि शीर्ष नेताबीच शनिबार र आइतबार सामान्य छलफल र भेटघाट भएको हो। सरकारको नीति तथा कार्यक्रम आउँदै छ। त्यसमा शीर्ष तहमा छलफल भइरहेको छ। स्थानीय तह निर्वाचनमा गठबन्धनबारे कुनै समीक्षा गरेको छैन। निर्वाचनको परिणाम आउने क्रममा छ। परिणाम नआई कुनै छलफल हुने कुरा भएन। निर्वाचनको सम्पूर्ण परिणाम आएपछि हामी बैठक राखेर यसबारे समीक्षा गर्छौँ।

उनले सम्पूर्ण मतपरिणाम आएपछि मात्रै गठबन्धनले चुनावी तालमेलबारे पूर्ण समीक्षा गर्ने जानकारी दिए। ‘निर्वाचनपछि शीर्ष नेताबीच शनिबार र आइतबार सामान्य छलफल र भेटघाट भएको हो। सरकारको नीति तथा कार्यक्रम आउँदै छ। त्यसमा शीर्ष तहमा छलफल भइरहेको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘स्थानीय तह निर्वाचनमा गठबन्धनबारे कुनै समीक्षा भएको छैन। निर्वाचनको परिणाम आाउने क्रममा छ। परिणाम नआई कुनै छलफल हुने कुरा भएन। निर्वाचनको सम्पूर्ण परिणाम आएपछि हामी बैठक राखेर यसबारे समीक्षा गर्छौँ।’  

बैठकमा सहभागी एक नेताका अनुसार शीर्ष तहको बैठकमा प्रारम्भिक रूपमा समग्रमा तालमेल सफल भएको निष्कर्ष निकालिएको छ। ‘प्रारम्भिक रूपमा समग्रमा तालमेल सफल भएको उहाँहरूको निष्कर्ष छ। पूर्ण समीक्षा भने सबै मतपरिणाम आएपछि मात्रै आउनेछ,’ ती नेताले भने। बैठकमा नेताहरूले नीति तथा कार्यक्रममा महत्वाकांक्षी योजनाभन्दा जनजीविकालाई समेटेर कार्यक्रम ल्याउन सुझाव दिएका थिए।