१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ८ आइतबार १७:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टाउकोमा हम्मरले हानेर हत्या गरी विष्णुमतीमा बगाएपछि...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ८ आइतबार १७:१७:००

काठमाडौंको नयाँ बजारमा एक पुरुषको हत्या गरी शव विष्णुमती खोलामा बगाएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । 
सिन्धुपाल्चोक जुगल स्थायी घर भई काठमाडौं मूलपानी बस्ने ३५ वर्षीय जीवन लामा भनिने कान्छा लामाको गत २८ वैशाखमा हत्या भएको हो । बिहीबार उनको शव दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलस्थित पावरहाउसनजिक बागमती खोलामा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । 

उनलाई नयाँ बजारको भ्याली कोल्ड स्टोरनजिकै डेरामा हत्या गरेर खोलामा बगाइएको खुलेको हो । टाउकोमा हम्मरले हानेर उनको हत्या भएको अनुसन्धानमा खुलेको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ललितपुरकी गायत्री नगरकोटी र मकवानपुरका कान्छामान तामाङलाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार हत्यापछि तन्ना र म्याट्रेसले बेरेर डोरीले बाँधी उनीहरूले शव विष्णुमती खोलामा फालेका थिए । 

पक्राउ परेकी महिलाले आफ्नो घरबार बिगार्न खोजेकाले उनको हत्या गरेको बताएकी छिन् । मृतक कान्छा लामा पेसाले मूर्तिकार हुन् । मृतक र अभियुक्तहरू एउटै राजनीतिक दलमा आबद्ध थिए । 

चुनाव प्रचारका क्रममा जाँदा उनीहरूबीच विवाद भएको र त्यसले हत्याको रूप लिएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीले बताएका छन् ।