१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ७ शनिबार
  • Wednesday, 03 July, 2024
२o७९ जेठ ७ शनिबार o६:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

काभ्रेको महाभारतमा गठबन्धनका उम्मेदवार विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ७ शनिबार o६:४९:oo

काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा अध्यक्ष  र उपाध्यक्षमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । अध्यक्षमा माओवादी केन्द्रका कान्छालाल जिम्बा र उपाध्यक्षमा सागर मोक्तान विजयी भएका छन् ।

जिम्बाले चार हजार ८ सय ९१ मत र उनका निकटतम प्रतिस्पर्धी एमालेका पूर्णबहादुर वाइबाले तीन हजार एक सय ९५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कांग्रेसका सागर मोक्तान चार हजार एक सय ६९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी शान्ति तितुङले एक हजार पाँच सय ३० मत प्राप्त गरिन् ।

वडा नं १, ४, ६ र ८ माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् भने वडा नं २, ३, ७ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  एमालेका उम्मेदवार पालिकाको कुनै पनि पदमा निर्वाचित भएनन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका जिम्बा र उपाध्यक्षमा चेतकुमारी माझी निर्वाचित भएका थिए ।

ad
ad
ad
ad