१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ४ बुधबार
  • Sunday, 29 September, 2024
गणेश लम्साल विराटनगर
२o७९ जेठ ४ बुधबार १o:५९:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

मोरङको केराबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ जेठ ४ बुधबार १o:५९:oo

मोरङको केराबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले जित हासिल गरेको छ । कांग्रेसका उम्मेदवार रोहित कार्कीलाई पछि पार्दै एमालेका सुमन मिरिङचिङ मगरले अध्यक्षमा र कांग्रेसकी शुभद्रा राईलाई पराजित गर्दै एमालेकी मनमाया मगरले उपाध्यक्षमा जित हासिल गरेका हुन् ।

एमालेका मिरिङचिङले सात हजार आठ सय १० मत प्राप्त गरेर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रोहित कार्कीले ६ हजार तीन सय ९० मत प्राप्त गरी पराजित भए । यसैगरी, माओवादी केन्द्रका तिलक थापा मगरले दुई हजार एक सय २० मत प्राप्त गरे । 

यसैगरी, उपाध्यक्षमा एमालेकी मनमायाले सात हजार दुई सय ६७ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम् प्रतिस्पर्धी कांग्रेसकी शुभद्रा राईले ६ हजार चार सय २८ मत ल्याइन् । माओवादी केन्द्रकी इन्दिरा दाहालले दुई हजार दुई सय ९१ मत प्राप्त गरिन् ।