मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १ आइतबार
  • Thursday, 19 December, 2024
२o७९ जेठ १ आइतबार २३:१७:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

शिवसताक्षीमा निर्वाचन कार्यालयविरुद्ध नाराबाजी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १ आइतबार २३:१७:oo

झापाको शिवसताक्षी नगरपालिकामा निर्वाचन कार्यालयविरुद्ध नाराबाजी भएको छ । शिवसताक्षी–१ मा मतदानको दिन खसेको मत र मतगणना गर्दा मतपत्रको संख्या नै फरक भएपछि समस्या उत्पन्न भएको हो । 

वडा नम्बर १ का वडाध्यक्षका प्रतिस्पर्धी माओवादी केन्द्रका दुर्गा नेम्बाङले आपत्ति जनाएपछि खोज्ने क्रममा खसेकोमा र गणना भएको मत हेर्दा ५४ मतपत्र हराएको देखिएको छ । शिवसताक्षी–१ मा एमालेले जित निकालेको थियो । तर, निर्वाचन कार्यालयले गम्भीर त्रुटि गरेको भन्दै अहिले नाराबाजी भइरहेको छ ।

निर्वाचन कार्यालयले एक घण्टाअघि नै मतगणना स्थगित गरेको छ । उक्त वडामा ३ हजार ८२ मत खसेको मुचुल्का रहेको तर गणना गर्दा ३ हजार २८ मात्र पुगेको शिवसताक्षीका निर्वाचन अधिकृत ऋषि पौड्यालले जानकारी दिए ।

‘मत गणना स्थगित गरेर ५४ मतपत्र कहाँ ल्याप्सिङ भयो कागजात हेर्दै छौँ,’ उनले भने, ‘कागजात प्रमाणित भएपछि सर्वदलीय बैठक गरेर निर्णय गरिनेछ ।’