दोलखाको गौरीशंकर गाउँपालिका– १ मा नेकपा माओवादी केन्द्र प्यानलसहित विजयी भएको छ । वडा नम्बर १ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार प्रकाश खड्का विजयी भएका हुन् ।
खड्काले चार सय ५६ मतका साथ विजयी हासिल गरेका हुन् । उनले एमालेका उम्मेदवार रमेश बस्नेतलाई पछि पार्दै जित हात पारेका हुन् ।