१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३० शुक्रबार
  • Wednesday, 03 July, 2024
२o७९ बैशाख ३० शुक्रबार १५:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

गुल्मीमा साढे ७ घण्टामा ४५.८१ प्रतिशत मत खस्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३० शुक्रबार १५:२१:oo

गुल्मीमा शान्तिपूर्ण रूपमा मतदान चलिरहेको छ । अहिलेसम्म जिल्लाभर ४५.८१ प्रतिशत अर्थात् एक लाख दुई हजार सात सय ३४ जनाले मतदान गरेका छन् । रेसुंगा नगरपालिकामा ५४.६७ प्रतिशत अर्थात १२ हजार आठ सय ६५ जनाले मतदान गरेका छन् । नगरपालिकामा २३ हजार पाँच सय ३१ जना मतदाता रहेका छन् । त्यस्तै मुसिकोट नगरपालिकामा ३१.४२ प्रतिशत अर्थात् सात हजार छ सय ३० जनाले मतदान गरे । मुसिकोटमा २४ हजार दुई सय ८१ जना मतदाता रहेका छन् ।

इस्मा गाउँपालिकामा ३९.६८ प्रतिशत अर्थात् इस्मा सात हजार ९५ जनाले मतदान गरेका छन् । गाउँपालिकाभर १७ हजार आठ सय ८२ मतदाता रहेका छन् । कालिगण्डकी गाउँपालिकामा ४१.६१ प्रतिशत अर्थात् सात हजार तीन सय ५७ जनाले मतदान गरेका छन् । गाउँपालिकामा १५ हजार दुई सय ७७ मतदाता रहेका छन् । गुल्मी दरबार गाउँपालिकामा ४२.३२ प्रतिशत अर्थात् आठ हजार दुई सय तीन जनाले मतदान गरे ।

गाउँपालिकामा १८ हजार नौ सय ३४ मतदाता रहेका छन् । त्यस्तै चन्द्रकोट गाउँपालिकामा ५०.७२ प्रतिशत अर्थात् आठ हजार तीन सय नौजनाले मतदान गरेको छन् । चन्द्रकोटमा १६ हजार तीन सय ८२ जना मतदाता रहेका छन् । छत्रकोट गाउँपालिकामा ५१.८५ प्रतिशत अर्थात् नौ हजार नौ सय ३६ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर अर्जुन पन्थीले जानकारी दिइन् । छत्रकोटमा १९ हजार दुई सय १४ जना मतदाता रहेका छन् ।

धुर्कोट गाउँपालिकामा ५० प्रतिशत अर्थात् नौ हजार चार सय ३५ जनाले मत दिएका छन् । गाउँपालिकामा १८ हजार आठ सय ७० जना मतदाता रहेका छन् । यसैगरी मदाने गाउँपालिकामा ४८.२७ प्रतिशत अर्थात् सात हजार आठ सय ७१ जनाले मतदान गरेका छन् । मदानेमा १६ हजार तीन सय पाँचजना मतदाता रहेका छन् । मालिका गाउँपालिकामा ४२.०४ प्रतिशत अर्थात् सात हजार चार सय ५० जनाले मतदान गरेका छन् ।

मालिकामा १७ हजार सात सय २३ जना मतदाता रहेका छन् । रुरु क्षेत्र गाउँपालिकामा ४९.२५ प्रतिशत अर्थात् आठ हजार दुई सय एकजनाले मतदान गरेका छन् । रुरुमा १६ हजार छ सय ५२ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । सत्यवती गाउँपालिकामा ४८.६६ प्रतिशत अर्थात् नौ हजार तीन सय ५५ जनाले मत खसालेको निर्वाचन कार्यालयले जनाएको छ । गाउँपालिकामा १९ हजार दुई सय २५ जना मतदाता रहेका छन् ।

गुल्मीमा महिला एक लाख १४ हजार दुई सय ५१ र पुरुष एक लाख १० हजार ५९ गरेर कुल दुई लाख २४ हजार दुई सय ७६ मतदाता रहेका छन्  भने दुईजना अन्य मतदाता रहेको । गत स्थानीय तहको निर्वाचनमा ७०.१९ प्रतिशत मत खसेको थियो । एक लाख ८० हजार सात सय ७७ मध्ये एक लाख २६ हजार आठ सय ९१ जनाले मतदान गरेका थिए ।

ad
ad
ad
ad